सत्ता हस्तान्तरण गर्न राष्ट्रपति ट्रम्प तयार

न्युर्योक । अमेरिकी संसदमा आक्रमण भएको २४ घण्टापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसात्मक घटनाको निन्दा गरेका छन्।उनले भिडियोमार्फत हिंसा भड्काउने कार्यमा संलग्न भएकाहरुप्रति खेद व्यक्त गरेका हुन। उनले आफू ‘व्यवस्थित’ रुपमा सत्ता हस्तान्तरण गर्न प्रतिवद्ध रहेको बताएका छन्।

उनले एक भिडियो सन्देशमा भनेका छन्, ‘म संसदमा भएको हिंसा बारे सुरुमा कुरा राख्न् चाहन्छु । सबै अमेरिकी जस्तै यो घटनाबाट म पनि दुःखी छु। मैले तुरुन्तै घुसपैठ गरेका व्यक्तिहरुलाई निकाल्न र सुरक्षा कायम गर्न निर्देशन दिएको थिए।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *