प्रधानमन्त्री ओली आज धनगढी जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढीमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्न धनगढी जाँदै छन् ।पार्टी विभाजनपछि नेकपाको ओली समूहले धनगढीमा आयोजना गर्ने जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढी जान लागेको बताइएको छ।

प्रतिनिधिसभा विघटन गरेपछि ओली पहिलो पटक काठमाडौँ उपत्यकाबाहिरको कार्यक्रममा सहभागी हुन जान लागेका हुन्।सुदुर पश्चिम प्रदेशमा आफ्नो खेमा कमजोर भएको बिश्लेषण गरी प्रधानमन्त्री ओली आफै जनसभालाई सम्वोधन गर्न जान लागेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *