मिलेर चुनावमा लडेमा समस्या समाधान हुन्छः उपप्रधानमन्त्री पोखरेल

सिन्धुपाल्चोक । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी चैतमा हुने महाधिवेशन अगावै कसैको स्वार्थका लागि हठात् मनस्थितिबाट ग्रसित भई घेराबन्दीमा पारेपछि प्रधानमन्त्रीले मध्यावधि निर्वाचनको घोषणा गरेको बताएका छन् ।

सिन्धुपाल्चोकको खाडीचौरमा बिहीबार आयोजित केपी ओली समूहको नेकपाको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगायतको अभियोग फिर्ता लिई मिलेर चुनाव लडेमा सबै समस्या समाधान हुने बताए ।

ताजा जनादेशका लागि गरिएको प्रक्रिया कायमै रहने जनाउँदै उनले वैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरे । कार्यक्रममा युवा तथा खेलकूदमन्त्री दावा लामाले वैशाखमा हुने निर्वाचनमा सहभागी हुन सबैमा आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *