देशमा सङ्कटकाल लाग्दैनः संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पछिल्लो राजनीतिक परिवर्तनबाट व्यवसायलाई असर नपर्ने भएकाले ढुक्क भएर अघि बढ्न व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घको अधिवेशनमा उनले कतिपय व्यवसायीमा कतै सङ्कटकाल लाग्ने हो कि अरु केही भइहाल्छ कि भन्न आशङ्का गरे पनि त्यस्तो केही नहुने स्प्रष्ट पारे । उनका अनुसार देश अब नयाँ जनादेशबाट अघि बढ्नेछ । उनले भने, “व्यवसायी पनि नयाँ ऊर्जाका साथ अघि बढ्नुहोस ।”

सङ्घका पूर्वअध्यक्षसमेत रहेका मन्त्री गुरुङले हर्बल व्यवसायले युवा वर्गलाई आफ्नो गाउँ फर्काउन सक्ने उल्लेख गरे । यस क्षेत्रले रोजगारीको सिर्जना गरेर समृद्धिमा सहयोग पुर्याउने उनको भनाइ छ । उनले व्यवसायीलाई उत्पादन बढाउन र निर्यात प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *