हत्याको अभियोगमा एक भारतीय पक्राउ

काठमाडौं । भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । हत्या अभियोगमा भारत मोतीहारी घर भएका २५ वर्षीय सुबोध शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाईपास ओरालोस्थित सडकमा सुबोधले मंगलबार राति छुरा प्रहार गर्दा गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

छुरा प्रहार गरी फरार रहेका सुबोधलाई काठमाडौं फर्पिङस्थित चेकपोष्टमा ना.१ ज ७५६२ नम्बरको सुमो गाडीमा प्रहरीले फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *