प्रतितोला तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको पहेंलो धातुको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ ।

प्रतितोला ९६ हजार ४०० रुपैयाँमा मङ्गलबार कारोवार भएको छापावाला सुन बुधबार ३०० रुपैयाँले वृद्धि भई ९६ हजार ७०० रुपैयाँमा पुगेको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९५ हजार ९०० रुपैयाँमा कारोवार भएकामा बुधबार ९६ हजार २०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यसैगरी चाँदीमा भने प्रतितोला पाँच रुपैयाँले उकालो लागेको छ ।

प्रतितोला एक हजार ३३५ रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी बुधबार भने प्रतितोला एक हजार ३४० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *