जोर्जियाको चुनावले सिनेटमा शक्ति सन्तुलनको निर्णय गर्दै

अमेरिकी राज्य जोर्जियामा राष्ट्रपति चुनिएका जो बाइडनको डेमोक्रेटिक पार्टीले सिनेटमा वर्चस्व कायम गर्छ कि गर्दैन भन्ने निर्णय गर्ने दोस्रो चरणको चुनावमा भएको छ । बाइडनको पार्टीमा सिनेटमा आफ्नो वर्चस्व कायम गर्नका लागि त्यहाँ हुने दुईवटा सीटका चुनावमध्ये दुवैमा जित हासिल गर्नुपर्ने हुन्छ । यदि उक्त पार्टीले सिनेटका दुवै सिट जितेमा उसलाई आफ्ना मुद्दाहरू पारित गराउन सहज हुनेछ ।

बाहिरिदैँ गरेका रिपब्लिकन राष्ट्रपति डोनल्ड ट्रम्पले भने सिनेटमा वर्चस्व कायम राखिराख्न दुईमा एक सीट मात्र जिते पनि पुग्छ । बाइडनले अमेरिकाका आगामी वर्षहरू जोर्जियनहरूले तय गर्ने बताएका छन् ।

यसैबेला ट्रम्पले चाहिँ मतदाताहरूलाई उनीहरूले माया गर्ने अमेरिकालाई बचाउनले अन्तिम मौका भएको बताएका छन् । हाल सिनेटमा जर्जियाबाट रिपब्लिकन केली लोफ्लर र डेभिड पर्ड्यू सदस्य रहेका छन् । यसपटको चुनावमा लोफ्लरलाई रेभेरेन्ड राफेल वार्नोक र पर्ड्यूलाई पूर्व पत्रकार जोन ओस्सोफले चुनौती दिएका छन् ।

गत नोभेम्बरमा भएको निर्वाचनमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत मत नल्याएपछि मङ्गलबार दोस्रो निर्वाचन भएको हो । जीएमटी समय अनुसार रातको १२ बजे र जोर्जियाको समय अनुसार साँझ ७ बजे मतदान सम्पन्न भएको छ ।

उक्त मतदानले सिनेटमा शक्ति सन्तुलतको निर्णय गर्नेछ । सिनेटमा रहेका १०० सीटमध्ये हाल रिपब्लिकनहरू ५२ सिटमा रहेका छन् । ट्रम्प र बाइडन दुवैले सोमवार साँझ जोर्जियामा ¥यालीहरूमा सहभागिता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *