USAID

पार्टी एकता कमजोर पार्नेलाई जनताले माफी दिँदैनन् : उपप्रधानमन्त्री पोखरेल

  • 2
    Shares

जनकपुरधाम । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपाको एकतालाई कमजोर पार्नेलाई जनताले कहिल्यै माफी नदिने बताएका छन् । नेकपाको केपी ओली समूहद्वारा मंगलबार जनकपुरधामको मिथिला भवन परिसरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टी एकता कमजोर गर्ने काम स्वीकारयोग्य हुन नसक्ने बताएका हुन् ।

उपप्रधानमन्त्री पोखरेलले भने, “पार्टी एकता प्राणभन्दा पनि प्यारो छ, म अन्तिम क्षणसम्म पनि पार्टी एकताकै पक्षमा दृढ रहनेछु ।”उनले जनता विभाजनका पक्षमा नरहेकाले पार्टी एकताविरुद्ध लाग्ने तथा पार्टी र सरकारलाई गतिहीन बनाउन आकांक्षा राख्नेलाई जनताले दृढताका साथ सामना गर्ने विश्वास व्यक्त गरे ।

पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको आवश्यकताको मर्मअनुरूप प्रतिनिधिसभा विघटन गरेको बताए । शहरी विकासमन्त्री प्रभु साहले विद्यमान अवस्थाप्रति जिम्मेवार भई सत्यको बाटोमा लाग्न आवश्यक रहेको बताए । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्रीले देशलाई आधुनिक युगमा प्रवेश गराएको बताए ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *