संवैधानिक आधार बिना विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना हुन्छः रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् ।

मंगलबार जनता समाजवादी पार्टीले काठमाडौंमा गरेको कार्यक्रममा पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका हुन् । कुनै कानूनी तथा संवैधानिक आधार बिना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै व्याख्या गरेर प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वस रहेको बताए ।

संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै यसका निम्ति आफूहरु अदालतमा गएर बहस गर्नुपर्छ भनेपनि तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *