USAID

कांग्रेस र जनता समाजवादीलाई सँगै सडक आन्दोलनमा जान माधव नेपालको आग्रह

  • 8
    Shares

काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सँगै सडकमा आउन कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टीले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्रीले सनकका भरमा प्रतिनिधिसभा विघटन गरेकाले त्यसकाविरुद्ध सँगै सडक आन्दोलनमा जान आग्रह गरेका हुन् ।

उनले ओलीको कदमले संघीयता, गणतन्त्रलगायतका प्राप्त उपलब्धि धरापमा परेकाले सडक संघर्षमा मिलेर जानुपर्ने बताए । स्थायित्वका लागि अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै अध्यक्ष नेपालले ओलीको साथमा रहेका संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङ र अहिलेका महान्यायाधिवक्ता अग्नि खरेलका पुराना कुरा पढ्नुपर्ने बताए ।

ओलीले कम्युनिस्ट पार्टी र लोकतन्त्र पनि मन नपराउने भन्दै अध्यक्ष नेपालले ओली समूह एउटा गुट मात्र भएको आरोप लगाए । उनले ओलीको अराजक कार्यशैलीको आफूले पहिले पनि विरोध गर्दैआएको तर उनी नसच्चिएपछि यस्तो अवस्था आएको बताए ।

ओलीसँग आफ्नो ४८ वर्ष सहयात्रा भएको उल्लेख गर्दै नेपालले उनी विरोधीलाई सिध्याउने एक अराजक शैलीको नेता भएको बताए । उनले प्रचण्ड ओली भन्दा धेरै ठीक भएको बताए । उनले भने, ’प्रचण्डसँग मेरो टक्कर पनि परेको थियो । तर उहाँ ओली भन्दा फार बेटर ।’ उनले आफू र प्रचण्ड भएको समूह नै आधिकारिक नेकपा भएको दावी गरे ।


  • 8
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *