USAID

उपत्यकामा अत्यधिक प्रदुषण बढेकाले बाहिर निस्क्दा सावधानी अपनाउन वातावरण विभागको आग्रह


काठमाडौं । वातावरण विभागले बालबालिका, रोगी, ज्येष्ठ नागरिक तथा विशेष गरी स्वासप्रस्वास सम्बन्धी रोग भएका व्यक्तिलाई घरबाहिर ननिस्किन अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकामा वायु प्रदुषण अत्याधिक रुपमा बढेको भन्दै विभागले यस्तो अनुरोध गरेको हो । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले मंगलबार जारी गरेको विज्ञप्तिमा उपत्यकामा बिहान र बेलुकीको समयमा प्रदुषण अत्यधिक बढेकाले त्यो समयमा घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।

विज्ञप्तिमा नेपालगञ्ज, विराटनगरलगायत ठूला शहरमा पनि वायु प्रदूषणको मात्रा उच्च भएकाले तराई क्षेत्रका सर्वसाधारणलाई पनि विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *