USAID

बेलायतमा मध्य फेब्रुअरीसम्म लकडाउन घोषणा

  • 4
    Shares

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले देशमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका छन् । प्रमुख प्रतिपक्षी दल, आफ्नै मन्त्रिपरिषद् सदस्यहरू र युनियनको चर्को दबाबबीच उनले कोरोना नियन्त्रण प्रयासका लागि सोमबार साँझ लकडाउन घोषणा गरेका हुन् ।

उनले मध्य फेब्रुअरीसम्म लकडाउन जारी रहने बताए । इंङ्ल्यान्डमा देशव्यापी लकडाउन भएको यो तेस्रोपटक हो । यसअघि पहिलो चरणमा गत मार्च र दोस्रोपटक नोभेम्बरमा लकडाउन गरिएको थियो ।

जोन्सनले ‘की–वर्कर’ र निर्माणका कामदारबाहेक अरूलाई घरैबाट काम गर्न आह्वान गरेका छन् । खाद्यान्न र औषधि किनमेल, दिनको एकपटक घरनजिक शारीरिक अभ्यास, जोखिममा रहेका मानिसको रेखदेख, औषधोपचार वा कोभिड परीक्षणजस्ता अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ ।

प्राथमिक र माध्यमिक विद्यालय तथा कलेज बन्द गरी मंगलबारदेखि अनलाइन कक्षा सुरु र परीक्षा स्थगित गरिने घोषणामा उल्लेख छ । बैंक, फार्मेसी, सुपरमार्केट, अफ लाइसेन्स, बिल्डिङ र गार्डेन सेन्टर, कार वास, कार मर्मत पसल, बाइक पसल, लन्ड्री, प्रार्थना वा पूजास्थल भने खुला हुनेछन् ।

तर रेस्टुरेन्टले टेकवे र डेलिभरीबाहेक अल्कोहल र सिटिङ सर्भ गर्न पाउँदैनन् । बेलायतमा नयाँस्वरुपको कोरोना भाइरस देखापरेपछि अन्य देशले बेलायत आवतजावतमा रोक लगाएका छन् ।


  • 4
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *