USAID

पछिल्लो २४ घण्टामा विश्वमा आठ हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु


विश्वमा हालसम्म ६ करोड १० लाख २७ हजार भन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा पाँच लाख २४ हजार ९ सय जनामा संक्रमण भएसँगै विश्वमा संक्रमितको संख्या ८ करोड ६० लाख ८२ हजार ४४६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ८ हजार ९५२ जनाको मृत्यु भएको छ । हालसम्म १८ लाख ५९ हजार ७७० संक्रमितको मृत्यु भएको छ । विश्वमा सक्रिय संक्रिमतको संख्या २ करोड ३१ लाख ९५ हजार ५७७ रहेको छ । जसमध्ये १ लाख ७ हजार ८४८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी १ लाख ८४ हजार ५२ जना रहेका छन्। त्यस्तै, कोरोनाका कारण एक हजार ९१६ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा २ करोड १३ लाख ४५ हजार भन्दा बढी संक्रमित भएका छन् । ३ लाख ६२ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ भने १ करोड २७ लाख १८ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा १६ हजार भन्दाबढी नयाँ संक्रमित थपिएका छन् भने २ सय जनाको मृत्यु भएको छ । संक्रमितको संख्या हालसम्म १ करोड ३ लाख ५७ हजार नाघेको छ भने १ लाख ४९ हजार ८८६ जनाको मृत्यु भएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *