USAID

पाथीभरा क्षेत्रको डढेलो अझै आएन नियन्त्रणमा

  • 2
    Shares

ताप्लेजुङ । दुई हप्तादेखि ताप्लेजुङको पाथीभरा क्षेत्र जंगलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन । नियन्त्रणमा लिनका लागि जर्किनमा पानी बोक्ने, अग्निरेखा बनाउनेलगायतका वैकल्पिक अभियान चालिए पनि नियन्त्रणमा आउन सकेको छैन ।

जोखिम हटे पनि आगो पूर्णरूपमा नियन्त्रणमा नआएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए । आगो जंगलको भित्री भागसम्म पत्रैपत्र बनेर शूक्ष्मरूपमा कायमै रहेकाले अझै धूँवा निस्किरहेकाले सुरक्षा जनशक्ति मार्फत पूर्ण नियन्त्रणको प्रयास भइरहेको उनी बताउँछन् । आगोको धूँवा आइरहेको क्षेत्रमा पानी खन्याए आगो पूरै नियन्त्रणमा आउन सक्ने ठम्याइ सुरक्षा स्रोतको रहेको काफ्लेले जानकारी दिए ।

दन्किने प्रकृतिको आगो नियन्त्रणमा आएको तर जंगलमा अझै यसमा अवशेष रहेकाले थप जोखिम हुन नदिन पूरै सुरक्षा जनशक्ति केन्द्रित भइरहेको उनको कथन छ । पाथीभरा क्षेत्रको जंगलमा लागेको डढेलोबाट थप जोखिम हुन नदिन यसअघि हेलिकोप्टरमार्फत बकेटमा पानी ल्याई आगलागी भइरहेको क्षेत्रमा खन्याउने प्रयास पनि गरिएको थियो । अबको सबै प्रयास मानवीय जनशक्ति वैकल्पिक उपाय केन्द्रित हुने जिल्ला प्रशासन प्रमुख झरेन्द्रप्रसाद चापागाइंले जानकारी दिए ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *