विश्वमा एकैदिन ७ हजार भन्दाबढी कोरोना संक्रमितको मृत्यु

विश्वमा एकैदिन ७ हजार भन्दाबढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा सात हजार भन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ लाख ५० हजार ६०५ पुगेको छ ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ५ लाख ४ हजार ९ सय भन्दाबढी नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वमा संक्रमितको संख्या ८ करोड ५५ लाख १ हजार ४३८ पुगेको छ ।

हाल विश्वमा २ करोड ३१ लाख ९५ हजार भन्दाबढीमा सक्रिय संक्रमण छ भने १ लाख ६ हजारको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म ६ करोड ४ लाख ५१ हजार ९८४ जना संक्रमणमुक्त भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा एकैदिन १ लाख ९२ हजार १ सयबढी संक्रमित थपिएका छन् भने १ हजार ३८७ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या २ करोड ११ लाख १३ हजार ५२८ पुगेको छ ।

कोरोनाका कारण ३ लाख ६० हजार ७८ जनाको मृत्यु भएको छ भने १ करोड २४ लाख ३६ हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

छिमेकी मुलुक भारतमा संक्रमितको संख्या १ करोड ३ लाख ४१ हजार २९१ पुगेको छ । अहलेसम्म १ लाख ४९ हजार ६८६ संक्रमितको मृत्यु भएको छ भने ९९ लाख ४६ हजार बढी संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *