USAID

भारतको उत्तर प्रदेशमा दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु, ३८ घाइते

  • 2
    Shares

भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कारस्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका बताइएको छ ।

घटना लगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ । मेरठका विभागीय आयुक्त सी मेश्रामले हालसम्म १७ जनाको मृत्यु भएको र दर्जनौ व्यक्ति घाइते भएका जानकारी दिए ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भनेका छन्, “दुखद् घटना भएको छ । मैले जिल्ला अधिकारीहरूलाई राहत अभियान सञ्चालन गर्न निर्देशन दिएको छु ।”

केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले उक्त घटनामा मृतकको परिवारप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । आफन्तको अन्तिम संस्कारमा सहभागिता जनाउन गएका समय दाहसंस्कारस्थलको कौसी भत्किएपछि छानो खसेको थियो । मृतकमध्ये अधिकांश व्यक्तिहरू घटनास्थलमा नै मृत भेटिएका थिए भने केहीको अस्पतालमा पुगेपछि उपचारका क्रममा मृत्यु भएको थियो ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *