प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसद्वारा सडक संघर्षको घोषणा

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा सडक आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद विघटनको विरोधमा सडक आन्दोलन घोषणा गरेको हो ।

पुस २५ गते प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन, माघ ३ गते नगर र गाउँपालिका तथा माघ ८ गते वडास्तरमा विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरिएको छ । कांग्रेसले भातृ तथा शुभेच्छुक संस्था र जिल्ला कार्यसमितिहरुलाई पनि केन्द्रको कार्यक्रमसँग नजुध्ने गरी सडक संघर्षका कार्यक्रम गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *