थप ४२१ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु, ६३७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४२१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६१८५९ पुगेको छ ।

त्यसैगरी आइतबार थप ६३७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोराना संक्रमणमुक्त हुनेको संख्या २५४४९४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७८ पुगेको छ । क्वारेन्टाइनमा ३६७ जना छन् भने आइसोलेसनमा ५४८७ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *