USAID

काठमाडौँ महानगरको लगानीमा जुम्लामा पार्क बन्ने


जुम्ला । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा चन्दनाथ नगरपालिका ३ धिमि चौरमा पर्यटकीय पार्क निर्माण हुने भएको छ । महानगरपालिकाको १ करोड ५० लाख रुपैयाँ सहयोगमा जुम्लामा पर्यटकीय पार्क निर्माण हुन लागेको हो ।

काठमाडौं महानगरपालिका र चन्दननाथबीच भगिनी सम्बन्ध घोषणा भएको पहिलो परियोजना साझेदारअन्तरर्गत पार्क निर्माणका लागि सम्झौता भएको मेयर कान्तिका सेजुवालले बताइन् । यही पुस ७ गते भगिनी सम्बन्ध स्थापनाका लागि हस्ताक्षर समारोहकैबीच पार्क निर्माणका लागि दुवै नगरबीच सम्झौता भएको हो ।

काठमाडौँ महानगरले अन्य क्षेत्रभन्दा पर्यटन प्रर्वद्धन तथा संस्कृति सरक्षणमा लगानी गर्ने चासो देखाएपछि आन्तरिक तथा बाह्य पर्यटक आर्कषणका लागि कर्णालीकै नमुना पार्क बनाउने लक्ष्यका साथ काम अघि बढेको सेजुवालको भनाइ छ । पहिलो चरणमा महानगरले चन्दननाथलाई डेढ करोड सहयोग गर्ने भनेपछि पार्क निर्माणमा लगानी गरिएको हो । डेढ करोड लागतमा निर्माण हुने उक्त पार्कमा खष संस्कृति झल्किने सम्पदासहित जुम्लाका ऐतिहासिक, धार्मिक पर्यटन स्थलको प्रर्वद्धनमा टेवा पुग्ने खाल कलात्मक शैलीका पूर्वाधार निर्माण गरिने सम्झौता भएको छ । चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाइका अनुसार चालु आर्थिक वर्षबाटै निर्माण सुरु गर्ने सम्झौता भएको छ ।

उनका अनुसार पार्क निर्माणमा ढिलासुस्ती भएमा, खरिद ऐन विपरित निर्माण सामाग्री खरिद भएमा, तथा आर्थिक अपारदर्शिता देखिएमा डेढ करोडको ब्याज सहित रकम असुली गर्ने दुईपक्षिय सम्झौता भएको छ । पहिलो परियोजना पार्क निर्माण प्रभावकारी गरेमा अन्य क्षेत्रको विकासमा पनि थप बजेट सहयोग गर्ने काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रतिबद्धता गरेका छन् ।

काठमाडौं महानगरले चन्दननाथ नगरपालिकाको शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास, पर्यटन विकास, सुशासन तथा पारदर्शिता कायम, अध्यायन, अनुसन्धान भम्रण, अनुभव आदानप्रदान, पर्यावरणको संरक्षण, लगायत क्षेत्रमा काम गर्ने गरी १० बँदे सहमतिसहित मितेरी सम्बन्ध कायम गरिएको समाचार कारोबारमा छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *