नर्वेमा पहिरोमा परी एक जनाको मृत्यु, नौ बेपत्ता

  • 1
    Share

नर्वेमा पहिरोका कारण कम्तीमा एक जनाको मृत्यु भएको छ भने अरु नौ जना बेपत्ता भएका छन् । राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राती पहिरो गएको अधिकारीहरुले जनाएका छन् ।

पहिरोका कारण मानवीय क्षतीसँगै भौतिक संरचनामा पनि ठूलो क्षती भएको छ । घर तथा अन्य भवनहरु समेत नष्ट भएको छ । घटनास्थलमा हिउँ परिरहेकोले खोजी तथा उद्धार कार्यमा कठिनाइ भइरहेको घटनास्थलमा खटिएका उद्दारकर्ताले बताएका छन् ।

प्रहरीले केही दिन अगाडि नै पहिरोमा परी कुल १० जना बेपत्ता भएका जनाएको थियो । बेपत्ता भएका मध्ये आठ जना वयस्क उमेरका रहेका छन् भने एक जना दुई वर्षको रहेका छन् । नर्वेका सञ्चार माध्यमहरुले उनीहरुको खोजी तथा उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्सहरु परिचालन गरिएको जनाएका छन् ।

 


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *