तेहरान । नयाँ बर्षको सुरुवात र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल समाप्त हुने तिथि नजिकिँदै गर्दा इरान र अमेरिकाबीच सैन्य मुठभेडको स्थिति देखिएको छ । अमेरिकाले आफनो परमाणु बम्पर पारसको खाडीमा पठाएको इरानले आरोप लगाएको छ भने डोनाल्ड ट्रम्प प्रशासनले विगत ४८ घन्टामा इरानी नौ सेनाले सक्रियता देखाएको दावी गरेको छ ।
करिब एक बर्ष पहिला अमेरिकाले इरानका सबैभन्दा शक्तिशाली सैन्य कमान्डर कासिम सुलेमानीको हत्या गरेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको थियो ।
यसबीच इजरायली सन्चार माध्यमले अमेरिकी सूत्रलाई उदृत गर्दै इजरायल र साउदी अरेबियाले ट्रम्पलाई आफ्नो कार्यकाल पुरा हुनु पहिला इरानको परमाणु ठेगाना ध्वस्त गर्न उक्साइरहेको दावी गरेको छ ।
सीएनएनको रिपोर्ट अनुसार अमेरिकालाई जनवरी ३ मा सुलेमानीको बार्षिकीमा इरान अमेरिकालाई निसाना बनाउने कोशिस गर्न सक्ने डर छ । अमेरिकी राष्ट्रपतिमा जोय बाइडेनको जितले आक्रोसित रहेका ट्रम्प पद छोड्नु अघि अब आउने सरकार समक्ष कठिन परिस्थिति निम्त्याउन इरानसँगको विवादलाई थप जटिल बनाउने प्रयास गर्न सक्ने राजनीतिक विश्लेषकहरुले आशंका व्यक्त गरेका छन्
ट्रम्पको गिरफ्तारी वारेन्ट
यसबीच इरानले अमेरिकी राष्ट्रपति ट्रम्प विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ । ट्रम्पको गिरफ्तारीका लागि इरानले इन्टरपोलसँग पनि मद्दत मागेको छ । इरानले ट्रम्प लगायत अन्य ३० भन्दा धेरै व्यक्तिमाथि बग्दादका कयौं ठेगानामा ड्रोन हमला गरेको आरोप लगाएको छ । जसमध्य ३० जनवरीमा भएको एक हमलामा सुलेमानीको मृत्यु भएको थियो ।
उनीहरुमाथि हत्या तथा आंतंकवादको आरोप लगाइएको छ । तेहरानका अधिवक्ता अलि अलग सुमेरले अन्य ३० व्यक्तिको नाम भने उल्लेख गरेका छैनन् । ट्रम्पलाई उनको कार्यकाल समाप्त भएपछि पनि गिरफ्तार गर्ने प्रयास गरिने बताइएको छ ।
