पाँच हजार डलर टिप्स

न्युयोर्क । अमेरिकाको पेनसिल्भानिया निवासी रेस्टुरेन्टमा काम गर्ने एक महिला वेट्रेसले एक जना ग्राहकले आफुलाई पाँच हजार अमेरिकी डलर टिप्स छोडेको थाहा पाएर छक्क परेको बताएकीछिन् । नाम नखुलाइएका ती ग्राहकले केवल २ सय ५ डलरको खाना खाएका थिए ।
ब्रुमाल्ला स्थित एन्थोनिज एट प्याक्सन नामक रेस्टुरेन्टमा काम गर्ने गियान्ना डिएन्जेलोले सो पैसा आफु अध्ययनरत चेस्टर स्थित वाइडनर युनिभर्सिटीमा पढ्ने अन्य बिद्यार्थीका लागि सहयोग गर्ने बताएकी छिन् । उनी आफैं त्यहाँ नर्सिङ कोर्समा अध्ययनरत छिन् । ती ग्राहक सो रेस्टुरेनटमा नियमित रुपमा रातको खाना खान आउने बताइएको छ । फेसबुक पोस्ट मार्फत रेस्टुरेन्टले ती ग्राहकलाई धन्यवाद व्यक्त गरेको छ । फेसबुकमा लेखिएको छ –हाम्रो कर्मचारीलाई सहयोग गर्नुभएकोमा तपाईंलाई ‘ धन्यवाद ’ बाहेक हामीसंग दिने अर्को शब्द नै छैन । हाम्रो कर्मचारीलाई विदा मनाउन मद्धत गर्नुभएकोमा धन्यवाद ! ’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *