अख्तियारद्वारा टेकु पुल निर्माणमा भ्रष्टाचार भएको भन्दै पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको टेकुस्थित पुल निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले बिहीबार ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । हरेकमाथि एक करोड १४ लाख बिगो र जरिवाना माग दाबी गरेको छ । काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत पुल निर्माणका क्रममा ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले गुणस्तरहीन काम गरेको आरोप यसअघिदेखि नै लाग्दै आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *