घुससहित पक्राउ परेका प्रहरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

  • 1
    Share

काठमाडौं । प्रहरी नायब निरीक्षक (असई) सिकन्दरप्रसाद कानुविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठीस्थित प्रहरी चौकीमा कार्यरत असई कानुविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकल फिर्ता गर्न कानुले सेवाग्राहीसँग घुस मागेको भन्ने अख्तियारले सूचना पाएको थियो । सोही सूचना तथा उजुरीको आधारमा इटहरीबाट अख्तियारको टोली खटाइएको थियो। त्यहाँबाट खटिएको टोलीले कानुलाई सेवाग्राहीसँग ५० हजार घुस लिँदै गर्दा नियन्त्रणमा लिएको थियो।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *