सिरियामा बम बिष्फोट २८ को मृत्यु

  • 1
    Share

दमास्कस । द्धन्द्धको भूमरीमा रुमलिएको सिरियामा एउटा यात्रुबहाक बस एम्बुसमा पर्दा २८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा सैनिक रहेको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

सिरियाको सरकारी सञ्चारमाध्यमले बुधबार डेइर अल–जोउर प्रान्तमा बसमाथि आक्रमण भएको र ज्याउन गुमाउनेमा ‘सर्वसाधारण नागरिक’ पनि रहेको उल्लेख गरेको छ ।

तर अरु स्रोत र अनुगमन समूहहरुले भने सैनिक सवार बसमा एम्बुस आक्रमण भएको र ज्यान गुमाउनेहरु सैनिक रहेको उल्लेख गरेका छन् । सो आक्रमणमा मृत्यु हुनेको संख्या अधिक हुन सक्ने उनीहरुको भनाई छ ।

 


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *