बुहानमा पाँच लाख मानिस संक्रमित भएको दावी

  • 1
    Share

 

बेइजिङ । चीनको हुवेइ प्रान्तको शहर बुहानमा झण्डै ५ प्रतिशत मानिस कोभिड १९ बाट संक्रमित भएको हुनसक्ने रोग नियन्त्रण तथा रोकथामका लागि चिनिया केन्द« (सिडिसि) का अनुसनधानकर्ताहरुले गरेको एक अध्ययन प्रतिवेदनमा जनाइएको छ । बुहानको अनुमानित जनसंख्या १ करोड १० लाख रहेको छ । यस अर्थका करिव ५ लाख वासिन्दा भाइरसको संसर्गमाआएको अनुमान गरिएको छ ।
यदि यो अध्ययन सत्य र सही हो भने यसअघि बुहानले आधिकारिक रुपमा ५० हजार ३ सय ५४ जना संक्रमित भएको भन्दै निकालेको तथ्याक भन्दा वास्तविक संक्रमित संख्या १० गुणाले बढी रहेको मान्नु पर्दछ । चीनको औपचारिक संक्रमित तथ्याकमा लक्षण देखिएका संक्रमितहरुलाई उल्लेख गरिएको छैन ।
यो अध्ययन यसै वर्षको शुरुमा गरिएको हो । यसका लागि बृहत हुबेइ प्रान्त , बेइजिंङ , सांघाइ र अन्य चारवटा प्रान्तबाट ३४ हजार मानिसको स्वाव नमुना संकलन गरिएको सिडिसिले विच्याटमा राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ । भाइरसको प्रारम्भ विन्दुु पत्ता लगाउने अनुसन्धान थाल्न अन्तर्राष्ट्रिय बैज्ञानिकहरुको एक टोली बुहानमा पुग्नु अघि नै यो अध्ययन गरिएको थियो ।
यसै वर्षको शुरुमा अन्तर्राष्ट्रिय जगतले चीनले कोरोना भाइरस संक्रमण तथ्याँक सार्वजनिक गर्दा पारदर्शिता नअपनाएको आरोप लगाएको थियो ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *