बाँके र बर्दियाका गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार मृत्यु हुनेमा बाँके र बर्दियाका एक/एक जना छन् ।

बाँकेको कोहलपुर नगरपालिका–२ का ७३ वर्षीय पुरुषको मंगलबार राति १० बजेर २० मिनेटमा मृत्यु भएको हो । पुस ५ गते स्वास्थ्यमा समस्या आएपछि कोहलपुर मेडिकल कलेज लगिएका उनलाई त्यही दिन कोरोना पुष्टि भएको थियो ।

त्यहाँबाट उनलाई मंसि १४ गते राति भेरी अस्पताल ल्याइएको थियो । त्यस्तै, बर्दियाको ठाकुरबाबाकी ८५ वर्षीया महिलाको मंगलबार राति १० बजेर २५ मिनेटमा मृत्यु भएको छ । पुस १२ गते भेरीमा उपचारका लागि ल्याइएकी महिलालाई त्यही दिन कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *