प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेड विजयी

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । बिहीबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले सेफिल्ड युनाईटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

ब्रामल लेनमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन मार्कुस रासफोर्डले दुई गोल गर्दा एन्थोनी मार्सियलले एक गोल गरे । सेफिल्डको लागि डेभिड गोल्ड्रिकले दुई गोल गरेपनि जितको लागि पर्याप्त भएन । खेलमा अग्रता भने घरेलु टोलिले लिएको थियो । खेलको पाँचौ मिनेटमा ओलिभिएर बुर्केको पासमा गोल्ड्रिकले गोल गर्दै सेफिल्डलाई खेलमा अगाडि बढाएका थिए ।

२६ औँ मिनेटमा लिन्डेलोफको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । ३३ औँ मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई खेलमा अग्रता दिलाए । यस्तै ५१ औँ मिनेटमा मार्सियलको पासमा रासफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

८७ औँ मिनेटमा गोल्ड्रिकले व्यक्तिगत दोस्रो गोल गर्दै सेफिल्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल हुन नस्कदा युनाइटेड ३-२ गोल अन्तरले विजयी भयो । जितसँगै युनाइटेड १२ खेलमा २३ अङ्क जोड्दै लिगको छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *