बिग बास खेल्न सन्दिप अष्ट्रेलिया प्रस्थान

प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दिप लामिछाने चर्तित बिग बास लिग(बिबिएल) खेल्न आज अष्ट्रेलिया प्रस्थान गरेका छन् । ।

सन्दिप आज दिउँसो अष्ट्रेलिया गएका हुन् । यस पटक सन्दिप होबार्ट हुरिकेन्सबाट बिबिएल खेल्नेछन् । यसअघिको दुई सिजन सन्दिप मेलवर्न स्टार्सबाट खेलेका थिए । सन्दिपले बिबिएलको दुई सिजनको २० खेलमा २६ विकेट लिइसकेका छन् । सन्दिप अष्ट्रेलिया गएर दुई हप्ता क्वारेन्टाइनमा बस्नेछन् । अष्ट्रेलिया सरकारको कोरोन नियम अनुसार विदेशबाट आउने व्यक्ति दुई हप्ता क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *