मल खरिदको सम्झौताका लागी नेपाली टोली आज बङ्गलादेश जाँदै

काठमाडौँ । बङ्गलादेशसँग ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्ने सम्झौता गर्न नेपाली सरकारी टोली आज बङ्गलादेश जाँदै छ । कृषि मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी सम्मिलित नेपाली टोली आज बिहान ९ बजे त्यस तर्फ जाने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि कम्पनी छनोट गरिसकेको र विवादरहित रूपमा सरकारी मूल्यमा रासायनिक मल खरिद गरेर ल्याइने कम्पनीले जनाएको छ । ढुवानीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट भइसकेको छ । बङ्गलादेश सरकारले सुरुवाती चरणमा मल पैँचो दिने भने पनि पछिल्लो समय खरीद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *