विश्वका ४ करोड ७९ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ७९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ५ लाख २४ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म ४ करोड ७९ लाख ८२ हजार १९ जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ३५ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ करोड ९२ लाख २७ हजार पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा १२ हजार बढीको मृत्यु भएसँगै हालसम्म १५ लाख ७५ हजार ६१२ जनाको मृत्यु भएको छ । हाल विश्वभर १ करोड ९६ लाख ६९ हजार ३६९ जना सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ५८ लाख २० हजार ४२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९२ लाख २६ हजार ४११ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ९६ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या ९७ लाख ६२ हजार ३२६ पुगेको छ ।

संक्रमितमध्ये एक लाख ४१ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ९२ लाख ४४ हजार भन्दा बढी संक्रमणमुक्त भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६७ लाख ३० हजार नाघेको छ भने १ लाख ७९ हजार ३२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५९ लाख भन्दा बढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *