USAID

अमेरिकाको शिक्षक संगठनकी पूर्वप्रमुखलाई शिक्षामन्त्री बनाउने तयारी

अमेरिकाको नयाँ शिक्षामन्त्रीका रूपमा मुलुकको सबैभन्दा ठूलो शिक्षक सङ्गठनकी पूर्वप्रमुखलाई नियुक्त गर्ने तयारी गरिएको छ ।

राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले राष्ट्रिय शिक्षा सङ्घकी अध्यक्ष लिली एस्केल्सेन जर्कियालाई आफ्नो मन्त्रिपरिषद्मा शिक्षा मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।

उनी गत सेप्टेम्बरसम्म पनि सो सङ्गठनको प्रमुखका रूपमा क्रियाशील थिइन् । निर्वाचनका बेला उनले वाइडेनलाई विशेष सहयोग गरेकी थिइन्् । उनका कारणले बाइडेनलाई पूर्व शिक्षामन्त्री तथा सिनेटको शिक्षा समितिको अध्यक्ष भएका लामर एलेक्जन्डरलगायत धेरैको भोट आएको विश्वास पनि गर्ने गरिएको छ ।

आफूलाई शिक्षामन्त्रीमा नियुक्त गर्न लागिएको बारेमा भने उनले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको जनाइएको छ ।

शिक्षा क्षेत्रका बारेमा धेरै ज्ञान भएको र सम्बन्ध पनि धेरै तिर राम्रो भएकाले उनलाई शिक्षामन्त्री बनाउन उपयुक्त हुने सुझावहरू बाइडेनलाई आएको जनाइएको छ ।

भावी राष्ट्रपति बाइडेनले पनि उनलाई शिक्षामन्त्री नियुक्तिका लागि पार्टीमा प्रस्ताव राखेको अधिकारीहरूले जानकारी दिएका छन् ।

“उहाँको अनुभव, कार्यक्षमता, योगदान, राजनीतिक सम्पर्क तथा पहुँचलगायतका कारणले उहाँलाई शिक्षामन्त्रीमा नियुक्त गरेमा शिक्षा क्षेत्रमा राम्रो काम हुनसक्ने देखिन्छ,” २३ जनाले हस्ताक्षर गरेर सिफारिस गरेको पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *