एरिजोनामा रिपब्लिकनलाई धक्का, निर्वाचनमा धांधली नभएको सर्बोच्चको ठहर

एरिजोना । एरिजोना सर्वोच्च अदालतले चुनावी नतिजा उल्टाउने रिपब्लिकनको प्रयासलाई पुनःअस्वीकार गरेको छ । र उक्त राज्यले जो बाइडेनले राज्यमा जितेको पुष्टि गरेको छ ।

मंगलबार तल्लो अदालतले आम चुनावमा कुनै प्रकारको धाधली ,ठगी वा अवैध मतदान नभएको कुरालाई समर्थन जनाएको छ । एरिजोना रिपब्लिकन पार्टीका अध्यक्ष केल्ली वार्डले सुरुमा म्यारीकोपा काउन्टी सुपेरियर कोर्टमा चुनौती दिएकी थिइन् । र बाइडेनले १०,४५७ मतले एरिजोनामा जितेको मत खारेज गर्न वार्दले मुद्धा हालेकी थिइन् ।

उनको दाबीमा उनले मारीकोपा काउन्टीले प्रमाणित हुलाकबाट आएका मतपत्रहरूमा प्रमाणीकरण प्रक्रियाका बारेमा प्रश्न उठाएकी थिइन्, । तर, डेढ दिनको सुनुवाईमा र मौखिक बहसको क्रममा उनको टोलीले धाधलीलाई प्रमाणित गर्न सकेनन, न्यायाधीश रान्डेल वार्नरले भने।

वार्डले एरिजोना सर्वोच्च अदालतमा अपील गरेपछि मंगलबार जारी गरिएको आदेशमा प्रमुख न्यायाधीश रोबर्ट ब्रुटनेल सहमत भए ।
निर्वाचन केवल मात्रामा भएको अनियमितताका लागि अमान्य हुनेछैन ,जबसम्म परिणाममा त्यस्तो अनियमितताबाट प्रभावित भएको छ उनले लेखे। निर्वाचनको वैधता इमान्दारी गल्ती वा भूलद्वारा हुँदैन जबसम्म तिनीहरूले परिणामलाई असर गर्दैन, वा कम्तिमा यसलाई अनिश्चित प्रदान गर्दछ।

यो निर्णय सर्वसम्मत भएको भन्दै उनले यस्तो निष्कर्ष निकालेः ट्रायल अदालतको निर्णयको पुष्टि गर्न र बाइडेन निर्वाचकहरुको चुनाव पुष्टि गर्ने आदेश दिइएको छ। ती ११ निर्वाचकीय मतदाताहरूले सोमबार राष्ट्रपति पदमा मतदान गर्ने छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *