USAID

विश्वमा एकैदिन ५ लाख ७८ हजार भन्दा बढीलाई कोरोना संक्रमण

विश्वमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ लाख ६२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६४१ जनाको मृत्यु भएको छ । हालसम्म विश्वमा १५ लाख ६२ हजार ८९५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ लाख ७८ हजार ६ सय भन्दा बढी संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ करोड ८५ लाख ६१ हजार ८१० पुगेको छ ।

संक्रमितमध्ये ४ करोड ७४ लाख ५८ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । हाल विश्वमा एक करोड ९५ लाख ४० हजार ६७२ सक्रिय संक्रमित छन् । तीमध्ये एक करोड ६ लाख बढीको अवस्था गम्भीर छ ।

यस्तै, अमेरिकामा संक्रमित संख्या १ करोड ५५ लाख ९१ हजार ७०९ पुगेको छ । अहिलेसम्म २ लाख ९३ हजार ३९८ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ९० लाख ८७ हजार भन्दा बढी कोरोनामुक्त भएका छन् ।

छिमेकी मुलुक भारतमा हालसम्म १ लाख ४१ हजार ३९८ जनाको मृत्यु भएको छ । हालसम्म ९७ लाख ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९२ लाख १४ हजारभन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६६ लाख ७५ हजार ९१५ पुगेको छ भने १ लाख ७८ हजार १८४ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५८ लाख ५४ हजार भन्दा बढी निको भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *