बाइडेनद्वारा रक्षामन्त्रीमा लोयड अस्टिनको मनोनयन

अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनले रक्षामन्त्रीमा अवकाशप्राप्त जनरल लोयड अस्टिनलाई मनोनयन गरेका छन् । अमेरिकी सेनाका अवकाशप्राप्त जनरल अस्टिन विगतमा अमेरिकी सेन्ट्रल कमान्डका कमान्डर थिए ।

सिनेटले अनुमोदन गरेमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने उनी पहिलो अश्वेत हुनेछन् । यद्यपी औपचारिक घोषणा भने आगामी क्रिसमस अघि मात्र गरिने बाइडेनका सहयोगीहरुले बताएका छन् । बाइडेनले यसअघि नै राष्ट्रिय सुरक्षा सल्लाहकार सहित स्वास्थ्य टोली र ह्वाइट हाउसका वरिष्ट सल्लाहकारहरुको टोली घोषणा गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *