मोरङमा एक शिक्षकको गोली हानी हत्या

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमिते खोलाका एकजना शिक्षकको अपहरणपछि गोली हानी हत्या गरिएको छ । स्थानीय सरस्वती आधारभूत विद्यालयका शिक्षक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको मंगलबार बिहान हत्या भएको हो ।

उनलाई आज बिहानै अपहरण गरेर जंगलतिर लगेको प्रहरीले जनाएको छ । हत्यामा नेत्रविक्रम चन्द नेतृत्वको संगठनका कार्यकर्ताको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ । परिवारले खोजी गर्ने क्रममा घरभन्दा पर जंगलमा उनी मृत फेला परेका थिए । उनको शव टाउकामा गोली हानिएको अवस्थामा फेला परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *