भेनेजुयलामा मदुरो थप शक्तिशाली बन्दै, प्रतिपक्षीद्वारा निर्वाचन बहिस्कार

भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा अमेरिकाको समर्थन रहेका हुवान हुआइदोको प्रतिपक्षी दलले निर्वाचनमा बहिस्कार गरेपछि राष्ट्रपति निकोलस मदुरोलाई वैधानिक रूपमा थप बलियो बनाएको छ ।

व्यवस्थापिका संसदको २२७ सीट रहेको ‘नेशनल एसेम्ली’ मा यस पहिलेको निर्वाचनबाट राष्ट्रपति मदुरो कमजोर अवस्थामा रहेपनि विपक्षी दलले बहिस्कार गरेको यो निर्वाचनबाट भने मदुरोलाई वैधानिक बल मिल्नसक्ने देखिएको छ ।

राजधानी काराकासस्थित सेनाको मुख्य व्यारेकमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि प्रतिक्रिया दिँदै राष्ट्रपति मदुरोले भने, “निर्वाचनले वैदेशिक नाकावन्दी, क्रुरता, दुःख र कष्ट व्यहोरिरहेको भेनेजुयलालाई वैधानिकरूपमा अघि बढ्न बाटो खुलेको छ । यो निर्वाचनबाट संसदमा प्रतिपक्षको प्रभुत्व अन्त्य हुनेछ ।”

प्रमुख प्रतिपक्षीको बहिस्कार रहेकोले मतदानमा दिनभरको सहभागिता न्यून रहेको र कतिपय मतदान केन्द्र खाली रहेको निर्वाचन पर्यवेक्षण समूहहरूले जनाएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले निर्वाचनलाई नेता मदुरोद्वारा गरेको ‘ठगी र ठट्टा’ को सज्ञा दिएका छन् ।

प्रतिपक्षी दलका नेता हुआइदोले अमेरिकी सहयोगमा राष्ट्रपति मदुरोमाथि आर्थिक नाकाबन्दी तथा तेल व्यापारमा प्रतिबन्ध लगाई मदुरोलाई सत्ताबाट हट्न सन् २०१९ को अप्रिलपछि दवाव दिँदै आएका थिए । अमेरिकी विदेशमन्त्री पोम्पेओले आफ्नो ट्वीछ गर्दै लेखेका छन्, ‘मदुरोको अवैधानिक सत्ताले घोषणा गरेको मतदान र नतिजाले भेनेजुयलाका नागरिकको प्रतिनिधित्व गर्न सक्दैन ।’

अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स’ ले पनि प्रमुख विपक्षी नै सहभागी नगराइएको मतदानलाई मान्यता नदिने बताएको छ । खासगरी अमेरिकी ट्रम्प प्रशासनका कट्टर आलोचक मानिने राष्ट्रपति मदुरोले निर्वाचनपछि राष्ट्रलाई एकताका साथ अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनको दललाई सबै प्रतिबन्ध हटाउन दवाव दिन प्रतिपक्षी दल र नेताहरूलाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *