USAID

राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि भएको प्रदर्शनमा राप्रपाको ऐक्यवद्धता


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि भएको प्रदर्शनमा पार्टीको ऐक्यवद्धता रहको बताएको छ । सोमबार पार्टी कार्यालय चाबहिलमा पार्टीको झण्डा र चूनावचिन्ह सार्वजनिक गर्न आयोजित कार्यक्रममा थापाले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका हुन् ।

उनले राजतन्त्रको पक्षमा भएको आन्दोलनमा पूर्वराजाको कुनै प्रतिक्रिया नआउनुले जनतामा राजतन्त्रमाथिको आस्था र विश्वास बढेर गएको बताए । अहिलेको वर्तमान अवस्थामा जनताले परिवर्तन चाहेको भन्दै उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने उल्लेख गरे ।

अध्यक्ष थापाले राजसंस्था र हिन्दूराष्ट्र पक्षधरलाई राप्रपाको नेतृत्वमा गोलबद्ध हुन पनि आग्रह गरे । त्यस्तै राप्रपाका अध्यक्ष पशुपतिशमशेर राणाले दुईतिहाई बहुमत प्राप्त वर्तमान सरकार दिशाहीन र उपलव्धीहिन मार्गमा अघि बढेको आरोप लगाए ।

जनताका लागि वर्तमान सरकारले सिन्को पनि भाँच्न नसकेकाले जनतामा निराशा छाएको उनको भनाई छ । उनले जनताको जनआवाजलाई फराकिलो पार्न राप्रपा प्रतिवद्ध रहेको उल्लेख गरे । त्यस्तै राप्रपाका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको आन्दोलनलाई राप्रपाले निष्कर्षमा पुर्याउने बताए ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *