USAID

रौतहट वमकाण्डका अर्का आरोपी पूर्वमन्त्री आलमका भाइ पक्राउ


रौतहट । पहिलो संविधानसभा निर्वाचनका बेला रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेलाई जिउँदै जलाइएको घटनामा संलग्न भएका भनिएका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजपुर नगरपालिकाका मोहम्मद महताब आलमलाई आइतबार राति प्रहरीले भारतको मोतीहारीबाट पक्राउ गरिएको हो । उनी सोही प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री मोहम्मद आफताब आलमका भाइ हुन् । कांग्रेसका जिल्ला नेतासमेत रहेका उनी दाजु पक्राउ परेदेखि नै फरार थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आरोपितमध्ये अहिलेसम्म पाँच जना पक्राउ परिसकेका छन् । २०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । उक्त विस्फोटमा घाइते भएका यमुना गाउँपालिका–४ का त्रिलोकप्रसाद सिंह (पिन्टु), ओसी अख्तरलाई चिम्नी भट्टामा जिउँदै जलाइएको पूर्वमन्त्री आलम, भाइ महताबलगायत ११ जनामाथि आरोप छ । मुख्य आरोपित आलम पुर्पक्षका लागि गत कात्तिक २९ देखि कारागारमा छन् ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *