वल्भसमाथी लिभरपुलको फराकिलो जित

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा लिभरपुलले वल्भसमाथी फराकिलो जित दर्ता गरेको छ । आइतबार राती भएको खेलमा लिभरपुलले वल्भसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहम्मद सलाह, जोर्जिन्हो विज्नाल्डम र जोएल माटिप एक-एक गोल गर्दा एक गोल उपहार पाएको थियो । २४ औँ मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई खेलमा अगाडी बढाएका थिए । पहिलो हाफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप तीन गोल गर्यो ।

खेलको ५८ औँ मिनेटमा जोर्डान हेन्डर्सनको पासमा जोर्जिन्हो विज्नाल्डमले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । ६७ औँ मिनेटमा सलाहको पासमा जोएल माटिपले गोल गर्दा लिभरपुुल सहज स्थितिमा पुगेको थियो । ७८ औँ मिनेटमा एलेक्सान्डेर अर्नोल्डको क्रस क्लियर गर्ने क्रममा नेल्सन सेमेडोले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले खेलमा ४-० गोलको अग्रता लिएको थियो ।

प्रमुख फर्वार्ड राहुल गिमिनेजबिना मैदान उत्रिएको वल्भसले पाएका अवसर सदुपयोग गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । जितसँगै लिभरपुल शिर्ष स्थानको टोटेन्हामसँग अङ्क बराबरी गर्दै गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *