USAID

बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षवीच ब्रेक्जिटबारे वार्ता हुने


बेलायतका प्रधानमन्त्री र युरोपेली कमिसनका अध्यक्षबीच ब्रेक्जिटपछिको वार्ता हुने भएको जनाइएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली कमिसनका अध्यक्ष उर्सला भोन डेर लियनबीच सोमबार बेलायत युरोपेली युनियनबाट बाहिरिएपछिको ब्रेक्जिटका विषयमा वार्ता हुन लागेको हो ।

उनीहरुबीच भएको फोनवार्ताका क्रममा त्यस विषयमा सहमति भएको थियो । त्यस अवसरमा सोमबार साँझ वार्ता गर्ने विषयमा सहमति भएको थियो । साथै यस विषयमा दुई नेताबीच समय समयमा वार्ता गर्ने बारेमा पनि फोनवार्ताका क्रममा सहमति भएको थियो ।

बेलायतका प्रधानमन्त्रीको कार्यालयबाट प्रकाशित भएको विज्ञप्तिमा उनीहरुबीच कुराकानी हुने बारेमा जानकारी गराइएको छ । वार्तामा विभिन्न आर्थिक तथा अरु द्धिपक्षीय विषयहरुमा छलफल हुने बताइएको छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *