USAID

बुटवलको कलश होटलमा गोली चल्यो, एक जना घाइते

  • 1
    Share

बुटवल । बुटवलको सुख्खानगरमा आज बिहान गोली चलेको छ । बुटवल उपमहानगरपालिका– ८ सुख्खानगरस्थित कलश होटलमा गोली चलेको प्रहरीले जानकारी दिएको छ । गैंडाको खाग तस्करीमा संलग्न समूह बसेको सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरी टोलीलाई खाग तस्करले पेस्तोल खोसेर प्रहार गर्न खोज्दा गोली चलेको र गोली लागी तस्कर समूहकै एकजना घाइते भएका थिए ।

कलश होटलमा गोली चलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनाराण थापाले जानकारी दिएका छन् । घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइतेको चिउडोमा गोली लागेको बताइएको छ । प्रहरीका अनुसार प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ भने एकजना प्रहरी घेरा तोडेर भागेका छन् ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *