USAID

मोटरसाइकलको ठक्करबाट शिवसताक्षीमा पैदलयात्रीको मृत्यु


झापा । मोटरसाइकलको ठक्करबाट गए राति झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित सडकखण्डमा मोटरसाइकलको ठक्करबाट शिवसताक्षी–११ का ३० वर्षीय रमेश विष्टको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुका अनुसार को२प ६९७० नंको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका विष्टको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा विष्टसँगै रहेका स्थानीय ईश्वरी तिम्सिना पनि घाइते भएका र उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विपरीत दिशाबाट आएको ट्रकको लाइट जुधेर मोटरसाइकल चालकले पैदलयात्री नदेख्दा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटना गराउने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिए पनि चालक भने फरार भएको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *