USAID

सम्झना विकका हत्या आरोपी अस्पतालबाट फरार


बझाङ । बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना विकको हत्याका आरोपित राजेन्द्र बोहरा भागेका छन् । पुर्पक्षका लागि बाल सुधार केन्द्र डोटीमा राखिएका उनी बिहीबार राति भागेका हुन् । बोहरा जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट राति फरार भएका जिल्ला प्रहरी प्रमुख जनक पाण्डेले जानकारी दिए ।

प्रहरीका अनुसार उनी अस्पतालको आइसोलेसन कक्षको झ्याल फोरेर भागेका हुन् । कोरोना संक्रमण भएपछि बोहरालाई मंसिर ६ देखि बालसुधार गृहबाट अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनको खोजीको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *