विश्वमा ४ करोड ४४ लाखभन्दा बढी मानिस कोरोना संक्रमणमुक्त

विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ४ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ५७ हजार ८ सय भन्दा बढी संक्रमणमुक्त भएसँगै हालसम्म ४ करोड ४४ लाख ३७ हजार ९८० जना संक्रमणमुक्त भएका हुन् ।

पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ६७ हजार ४ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६ करोड ४१ लाख ८८ हजार ९५० पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ११ हजार ७८१ जनाको मृत्युभए संगै हालसम्म १४ लाख ८६ हजार ६०९ जनाको मृत्यु भएको छ ।

हाल विश्वभर १ करोड ८२ लाख ६४ हजार ३६१ जना सक्रिय संक्रमित छन् भने एक लाख ६ हजार भन्दाबढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ४१ लाख ८ हजार ४९० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ३३ हजार १८ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७६ हजार नाघेको छ । त्यसैगरी, भारतमा सक्रमितको संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ ।

संक्रमितमध्ये एक लाख ३८ हजार बढीको मृत्यु भइसकेको छ भने हालसम्म ८९ लाख ३१ हजार ७९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ३४ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ भने ५ सय जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६३ लाख ८८ हजार नाघेको छ भने १ लाख ७३ हजार ८६२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५६ लाख ५६ हजार भन्दा बढी निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *