USAID

आयाक्सलाई हराउदै लिभरपुल अन्तिम १६ मा


प्रज्जवल थापा । इङलिस क्लब लिभरपुल एक खेल अगावै युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राती भएको खेलमा आयाक्सलाई १-० गोलले हराउँदै लिभरपुल समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो ।

घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन कुर्टिस जोन्सले गोल गरे । ५८ औँ मिनेटमा निको विल्लियन्सको पासमा कुर्टिस जोन्सले गरेको गोल लिभरपुलको जितमा निर्णायक बन्यो । यस्तै समुहको अर्को खेलमा एटलान्टा र मिद्त्जील्यान्डले १-१ गोलको बराबरी खेले ।

जितसँगै लिभरपुल समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । एटलान्टा ८ अङ्कको साथ दोस्रो स्थानमा रहँदा आयाक्स ७ अङ्क सहित तेस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा आयाक्स र एटलान्टाबिच हुने खेल जित्ने टोली दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गर्नेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *