च्याम्पियन्स लिग: रियल म्याड्रिड शाख्तर डोनेस्कसँग पराजित

  • 152
    Shares

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगमा रियल म्याड्रिडले दोस्रो हार बेहोरेको छ । प्रतियोगितामा खराब फर्मलाई निरन्तरता दिने क्रममा म्याड्रिड शाख्तर डोनेस्कसँग २-० गोल अन्तरले पराजित भएको हो ।

हारसँगै प्रतियोगिताको सार्वधिक सफल टोली रियल म्याड्रिड समुहचरणबाटै बाहिरिने खतरा बढेको छ । किभमा भएको खेलमा शाख्तरलाई जित दिलाउन डेन्टिन्हो र मानोर सोलोमोनले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । खेलको ५७ औँ मिनेटमा काउन्टर अट्याकमा म्याड्रिडको डिफेन्समा तालमेल मिल्न नसक्दा गल्तीको फाइदा उठाउदै डेन्टिन्होले गोल गरे ।

८२ औँ मिनेटमा मानोर सोलोमोनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । म्याड्रिडले पाएका अवसर गोलमा परिणत गर्न नसक्दा हार बेहोर्न बाध्य भयो । गत अक्टोबरमा घरेलु मैदानमा भएको खेलमापनि शाख्तरले रियललाई ३-२ गोल अन्तरले पराजित गरेको थियो ।

जितसँगै शाख्तर ५ खेलमा ७ अङ्क जोड्दै समान अङ्क भएको म्याड्रिडलाई हेड टु हेडमा पछि पार्दै समुहको दोस्रो स्थानमा उक्लिएको छ । अब समूह चरणको अन्तिम खेलमा रियल म्याड्रिडले बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्दा शाख्तरले इन्टर मिलानसँग भिड्ने छ । इन्टरलाई जितेको खण्डमा शाख्तर नकआउट चरणमा प्रवेश गर्नेछ ।


  • 152
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *