थप १३०४ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु, २०७३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगालामा गरिएको परीक्षणमा थप १३०४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३३४५२ पुगेको छ ।

त्यस्तै मंगलबार थप २०७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २१६५९४ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५२९ पुगेको छ । क्वारेन्टाइनमा ६१६ जना छन् भने आइसोलेसनमा १६६३३ जना रहेका मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *