विश्वमा ६ करोड ३५ लाख ८४ हजार भन्दा बढीलाई कोरोना संक्रमण

  • 1
    Share

विश्वमा हालसम्म ६ करोड ३५ लाख ८४ हजार ७८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार लाख ८८ हजार २ सयभन्दा बढी संक्रमित थपिएका छन् भने आठ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ । योसँगै कुल मृत्यु हुनेको संख्या १४ लाख ७३ हजार ७४१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म चार करोड ३९ लाख ८० हजार ९७ जना संक्रमणमुक्त भएका छन् ।

हाल १ करोड ८१ लाख ३० हजार ९४६ जना सक्रिय संक्रमित छन् भने एक लाख ५ हजार ९२९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या १ करोड ३९ लाख १९ हजार ८७० पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८२ लाख २२ हजार ८७९ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७४ हजार नाघेको छ ।

त्यसैगरी, छिमेकी मुलुक भारतमा सक्रमितको संख्या ९४ लाख ६३ हजार २५४ पुगेको छ । संक्रमितमध्ये एक लाख ३७ हजार ६५९ जनाको मृत्यु भइसकेको छ भने हालसम्म ८८ लाख ८८ हजार ५९५ जना संक्रमणमुक्त भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ६३ लाख ३६ हजार नाघेको छ भने १ लाख ७३ हजार १६५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ५६ लाख भन्दा बढी निको भएका छन् ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *