USAID

फुल्हामसँग लेस्चर पराजित


प्रज्जवल थापा । इङलिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा लेस्चर सिटी पराजित भएको छ । सोमबार राती भएको खेलमा लेस्चर सिटि घरेलु मैदानमा फुल्हामसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

किङ पावर रंगशालामा भएको खेलमा फुल्हामले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो । खेलको ३० औँ मिनेटमा अन्ड्रे फ्रान्क जाम्बोको पासमा एडेमोला लुकम्यानले गोल गर्दै फुल्हामलाई अग्रता दिलाएका थिए । ३८ औँ मिनेटमा इभान काभालेरियोले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

८६ औँ मिनेटमा जेमी भार्डीको पासमा हार्भे बार्नेसले गोल गर्दै लेस्चरलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा लेस्चर हार बेहोर्न बाध्य भयो । हारसँगै लेस्चर १० खेलमा १८ अङ्क जोड्दै चौथो स्थानमा यथावत छ । फुल्हाम १० खेलमा ७ अङ्क जोड्दै रेलिगेसन जोनबाट बाहिर निस्किएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *